एउटा गाईले आफ्नो जीवनकालमा २ लाख ग्लास दूध दिन्छ ।
- हामी हाँस्दा हाम्रो शरीरको तीस वटा मांसपेशीहरूको एकैसाथ व्यायम हुन्छ ।
- अष्ट्रिच चराको मस्तिष्क त्यसको आँखा भन्दा पनि सानो हुन्छ ।
- पृथ्वीको जमिनको कूल भूभागको मात्र ११ प्रतिशत भूभाग खेतीका लागि प्रयोग गरिन्छ ।
- पंक्षीहरूको शरीरका सम्पूर्ण हाडहरूको वजन त्यसका प्वाखहरूको वजनभन्दा कम हुन्छ ।
- एकजना मानिसले आफ्नो जीवनभरि औसत रूपमा ४३० वटा किराहरू दुर्घटनावश निल्छन् ।
- गोल्ड फिस नामक माछा मात्र यस्तो प्राणी हो जसले अल्ट्रा भायोलेट र इन्फ्रा रेड विकिरण आँखाले देख्न सक्दछ ।
- भेनेजुयलाको एन्जेल फल्स नामक झरना विश्वकै सबैभन्दा अग्लो झरना हो । यसको उचाइ ९ सय ७९ मिटर छ । यो भनेको आइफिल टावरको तीन गुणा बढी हो ।